देउवालाई विश्वासको मत दिने सांसदहरूलाई एमालेले कारबाही गर्ने
काठमाडौं- नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने एमाले सांसदहरू एमालेमा नरहने निर्णय गरेको छ ।
एमाले ओली समूहको स्थायी कमिटी बैठकले जस्तोसुकै परिस्थितिमा पनि समर्थन नगर्ने निर्णय गर्दै विस्वासको मत दिनेलाई कार्बाही गर्ने निर्णय गरेको हो ।
आज बसेको स्थायी कमिटी बैठकले यो निर्णय गरेको बताइएको छ ।
बैठकपछि एमाले प्रवक्ता प्रदीप कुमार ज्ञवालीले देउवालाई विश्वासको मत दिने नेताहरु नेकपा एमालेमा नरहने बताए ।