एमाले भक्तपुरका नेता काफ्ले एकीकृत समाजवादीमा प्रवेश - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

एमाले भक्तपुरका नेता काफ्ले एकीकृत समाजवादीमा प्रवेश



काठमाडौँ- नेकपा एमाले भक्तपुरका नेता दामोदर काफ्ले नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् ।

नेकपा (एमाले)मा व्यक्तिवादी प्रवृत्ति, अहंकारवाद, निरङ्कुश एवं स्वेच्छाचारी प्रवृत्ति, चरम गुटबन्दी, दक्षिणपन्थी अवसरवाद र विसर्जनवाद हावी भएको भन्दै बिहीबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमै पुगेर काफ्ले पार्टी प्रवेश गरेका हुन् ।

एमालेमा रहेर ०६७ मा नगर कमिटी हुँदै जिल्ला कमिटीको जिम्मेवारीसमेत वहन गरिसकेका उनले अब एमालेमा कम्युनिष्ट चरित्र नरहेको भन्दै कार्यकर्ताहरुलाई अलमल नगर्न र सहि नीति,विचार र सिध्दान्त अंगिकार गरेको एकीकृत समाजवादीमा आवध्द हुन अनुरोध गरे ।

नवप्रवेशी काफ्लेलाई नेकपा (एकीकृत समाजवादी) का महासचिव डा.बेदुराम भुसालले खादा र अबिर लगाएर स्वागत गरेका थिए । कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) भक्तपुरका अध्यक्ष श्याम बस्नेत र सचिव पुरुषोत्तम लामिछानेको उपस्थिति थियो ।