ईश्वर पोखरेलले गरे एमाले अध्यक्षको दाबी - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

ईश्वर पोखरेलले गरे एमाले अध्यक्षको दाबी



काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले आफू एमाले अध्यक्ष बन्न योग्य भएको बताएका छन् । उनले पार्टी अध्यक्षमा दावी गर्न आफू योग्य रहेको बताए।

पोखरेलले अध्यक्षको लागि योग्य भएपनि उम्मेदवार हुने नहुने भन्ने देशको परिस्थिति र कार्यकर्ताको चाहनामा भर पर्ने उनले बताए ।

सोमबार पत्रकारसँगको कुराकानीमा उनले आफू क्षमता, निष्ठा, इतिहास र निरन्तरताका आधारमा एमालेको अध्यक्षका लागि नेता हुनका लागि आफू योग्य रहेको बताए ।

‘म व्यक्तिगत ढंगले भने मेरो हिस्ट्री मेरो निरन्तरताले मेरो क्षमता, म डिजर्भ गर्छु भनिरहनै परेन’ उनले भने, ‘तर देशको परिस्थिति कस्तो हुन्छ, देशभरिको कार्यकर्ताको चाहना के हुन्छ ?’

आफू उम्मेदवार भए पनि कार्यकर्ताको चाहना नभएमा उम्मेदवार हुनुको कुनै अर्थ नहुने पोखरेलले बताए ।