सुन काण्डमा नयाँ खुलासा: पुर्वएमाले नेता र गोरेको कनेक्सन !
बिराटनगरः ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्ड मुख्य अभियुक्त भनिएका ‘गोरे’ सँग ‘कनेक्सन’ रहेको पाइएपछि रेवन्तकुमार आचार्य पक्राउ परेका थिए तर, तिनै रेवन्तकुमारले सुन तस्कर र एमालेका नेताहरुको घनिष्ट सम्बन्ध भएको खुलासा गरेका छन् ।
कम्युनिस्ट पार्टीकै कार्यकर्ता सुन व्यापारी रेवन्त आचार्यले गोरे र नेताहरुबीचको ‘कनेक्सन’ चुनाव जिताउन खेलेको भूमिका र पटक पटक दिएको चन्दा बारे सनसनीपूर्ण खुलासा गरेका हुन् । शुक्रबार जिल्ला अदालत मोरङमा म्याद मिलानका लागि पुर्याइएका उनकै उपस्थितिमा गोरेले २ लाख रुपैयाँ चन्दा नेकपाका एक वर्तमान सांसदलाई दिएको जिकिर गरे । उनि बिहीबार साँझ पक्राउ परेका हुन् ।
उनले बयानमा भनेका छन ‘हामीसँगै रहेका बेला ‘गोरे’ले मंसिरको निर्वाचनमा एमाले नेता घनश्याम खतिवडा (वर्तमान प्रतिनिधि सभाका सदस्य) लाई २ लाख रुपैयाँ चन्दा दिएका हुन्’, । तर सांसद खतिवडाले भने गोरेलाई नचिन्ने बताएका छन् ।
एमालेकै कार्यकर्ताबाटै यस्तो सम्बेदनशील बिषयमा गम्भीर आरोप लागेपछि खतिवडा पन्छिन खोजेको देखिन्छ ।