एमाले फुटेको छैन, पिलो फुटेर सन्चो भएको छ : गुरुङ - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

एमाले फुटेको छैन, पिलो फुटेर सन्चो भएको छ : गुरुङ



पोखरा– एमाले केन्द्रीय कमिटी सचिव एवं गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पार्टी फुटेको नभई पिलो फुटेर पिप बगेको बताएका छन्। उनले कार्यकर्तालाई चिन्ता नलिन पनि आग्रह गरे।

दमौलीमा आइतबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गुरुङले भने, ‘पार्टी फुटेको होइन, एमालेमा भएको पिलो फुटेकोमात्रै हो। माओवादी केन्द्रसँगको एकता टुटेपछि एमालेमा उत्पन्न भएको पिलोको पिप फुटेर गएको हो। अब सन्च भएको छ। नेकपा एमाले स्वच्छ बन्छ।’

गण्डकीमा १ हजार ७ सय ६० मध्ये ३८ जना पिलोको पिप भएर बगेर गएको उनको भनाइ थियो। विभिन्न पदको लोभ देखाई झुक्याएर एकीकृत समाजवादीमा लागेकाहरु भन्दै उनले फेरि आफ्नै घरमा फर्किने विश्वास व्यक्त गरे।

एमालेका स्थायी कमिटी सदस्य किरण गुरुङले आगामी निर्वाचनमा जितेर एमाले फेरि पनि सरकार बनाउने र विकास तथा समृद्धिको नेतृत्व गर्ने दाबी गरे। उनले भने, ‘ एमाले कम्युनिस्ट आन्दोलन र राजनीतिको प्रमुख धारसँगै नेपालको विकासको अभियन्ता पनि हो। सिद्धान्त र उद्देश्यबिनाको नेकपा एसले हामीलाई केही असर गर्न सक्दैन।’