बालुवाटार बैठक एमाले एकतामा केन्द्रित - Himal Post Himal Post
  • १७ फाल्गुन २०८१, शनिबार
  •      Sat Mar 1 2025
Logo

बालुवाटार बैठक एमाले एकतामा केन्द्रित



काठमाडौँ– नेकपा एमालेको स्थायी कमिटी बैठक केहीबेर अघि सकिएको छ । आजको बैठकमा पार्टी एकताका लागि भइरहेका प्रयासका विषयमा बढी केन्द्रित भएको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

उनले पार्टी एकताका लागि उच्च तहमा छलफल गर्न पार्टीको १० औँ महाधिवेशन आयोजक कमिटीको बैठक असार १६ गते बोलाइएको जानकारी दिए ।

बैठकमा भएको छलफलबारे जानकारी दिँदै ज्ञवालीले भने, ‘बैठकमा हामीले पछिल्लो राजनीतिक स्थिती, कोभिड महामारीको अवस्था, प्राकृतिक विपत्तीहरु र राष्ट्रिय राजनीतिको विभिन्न आयामहरुका विषयमा संक्षिप्त तर गहन रुपमा छलफल गरेका छौँ । यो विषयमा थप केहि निर्णयहरु गर्न आवश्यक भएको र थप अझ फराकिलो र उच्च तहबाट छलफल गरेर केहि निर्णयहरु निकाल्नुपर्ने भएकाले १० औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक असार १६ गते बिहान ११ बजे काठमाडौँमा बस्ने रि बैठक बोलाइएको छ ।’

त्यसैगरी एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई बाध्यात्मक अवस्था आएर कारवाही गरेको समेत उनले बताए ।