भोलि बिहान आठ बजे एमाले एकता घोषणा हुने - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

भोलि बिहान आठ बजे एमाले एकता घोषणा हुने



काठमाडौँ– लामो विवादपछि संवादमा जुटेको एमालेको दुई समूहबीच आइतबार बिहान एकता घोषणा हुने भएको छ । विवाद समाधानका लागि गठित कार्यदलका सदस्य सुवास नेम्वाङले आइतबार बिहान आठ बजे एकतामा सहमति गर्ने घोषणा गरेका छन् ।

बैठकपछि नेम्वाङले आइताबात्र बिहान आठ बजे देशवासीले सुखद् समाचार पाउने घोषणा गरे। उनले एमाले एकतामा कुनैपनि समस्या नरहेको भन्दै भोलि बिहान सहमतिको दस्तावेज सार्वजनिक गर्ने घोषणा गरेका हुन्।

सिंहदरबारस्थित अर्थमन्त्रालयमा शनिबार भएको कार्यदलको बैठकपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्। उनले भने, ‘बाहिर हल्ला फैलाएजस्तो चुप लागेर बसेका छैनौँ। हामी सहमतिमा पुगिसकेका छौँ। भोलि बिहान आठ बजे सुखद् समाचार आउने छ।’

यस्तै उनले माधव कुमार नेपाल र प्रचण्डबीच भएको भेटवार्ताले एमालेको एकतामा कुनै प्रभाव नपर्ने बताएका छन्।