७० जना कलाकार एमाले छोडेर काँग्रेस प्रवेश - Himal Post Himal Post
  • ३ फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 15 2026
Logo

७० जना कलाकार एमाले छोडेर काँग्रेस प्रवेश



काठमाडौं- नेकपा एमाले छाडेर ७० जना कलाकर्मी नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । शनिबार काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा अधिकांश कलाकर्मीहरु नेकपा एमाले परित्याग गरी काँग्रेस प्रवेश गरेका हुन् ।

एमाले परित्याग गरी काँग्रेस प्रवेश गर्नेमा गायक मोहन राई, मेनुका भुजेल, गंगाराज राई, प्रमेबहादुर लिम्बु, मित्रकुमार राई, चन्द्र कुमारी राई, कमल कुमार राई, दिपेश कुमार बान्तावा र दिपेनकुमार बान्तावा गरेका छन् ।

यस्तै आङ्गारिक शेर्पा, उद्देश्य राई, अजय राई, श्रीकृष्ण खड्का, विजय कुँवर, प्रदीप राई, सगुन मगर, अमिर बुढाथोकी, रामबहादुर विश्वकर्मा, विरुबहादुर विश्वकर्मा, अस्मिता मगर, प्रदीप बुढाथोकी, गणेश दशारा लगायतले एमाले छोडेर काँग्रेस प्रवेश गरेका हुन् ।

यसअघि कुनै पार्टीमा नरहेका सुरेन्द्र केसी ‘मुलासाग’, महादेव त्रिपाठी जादुगर र मिलनकुमार श्रेष्ठले पनि काँग्रेसको सदस्यता लिएका छन् । काँग्रेस सभापति देउवाले उनीहरुलाई पार्टीमा स्वागत गर्दै सदस्यता प्रदान गरेका थिए ।

पार्टी प्रवेश कार्यक्रमा काँग्रेसको नेपाल सांस्कृतिक संघका अध्यक्ष तिर्थ थापा, महासचिव शिवशंकर रिजाल ‘जोगिन्दर’को सहभागिता रहेको थियो । नेपाल सांस्कृतिक संघ समन्वयमा उनी काँग्रेस प्रवेश गरेका थिए ।