एमालेका चार जना बाहेक सबैको मन्त्रीपद चैट - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

एमालेका चार जना बाहेक सबैको मन्त्रीपद चैट



काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)ले पाउने ८ मन्त्रालय टुंगिएसँगै एमालेका चार मन्त्रीबाहेक अन्य सबैले पद गुमाउने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेसँगै उनीहरूले पद गुमाउने भएका हुन्।

अर्थमन्त्री बिष्णु पौडेल, शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ, कानुन मन्त्री लीलानाथ श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङबाहेक सबैलाई हटाउन लागेको स्रोतले जानकारी दिएको छ।

शुक्रबार साँझ उनले जनता समाजवादी पार्टीको महन्थ-राजेन्द्र समूहसहितका मन्त्रीहरूलाई सपथ खुवाउन लागेका छन्। यसअघि प्रदीप ज्ञवाली परराष्ट्र र हृदयेश त्रिपाठी स्वास्थ्य मन्त्री थिए। महासेठ र तामाङ यसअघि पनि ओली सरकारमा मन्त्री भइसकेका थिए।