रावलले संसदमा बोलेपछि एमालेले जनायो कडा आपत्ति
काठमाडौं : नेकपा एमालेले सांसद भीम रावललाई संसदमा बोल्न दिएकोप्रति आपत्ति जनाएको छ ।
एमालेले संसदमा अवरोध गरिरहेका बेला रावल संसदमा एमसीसीको विपक्षमा बोलेका थिए । उनले राष्ट्र हितविपरीत टेबल गर्नु आपत्तिजनक रहेको उल्लेख गरेका थिए ।
एमालेले दलीय सहमतिबिना सांसद रावललाई संसदमा बोल्न दिएको भन्दै सभामुख अग्निप्रसाद सापकोटासमक्ष आपत्ति जनाएको हो ।
प्रमुख सचेतक विशाल भट्टराईले भने, ‘हामीले त्यसमा आपत्ति जनाएका छौं । सभामुखको ध्यानाकर्षण गराएका छौं । एमालेको तर्फबाट निर्वाचित सांसदलाई दलीय सहमति नभइकन दलीय सहमति बेगर तपाईले बोल्न दिने कुरा दलीय व्यवस्था छ । यसविरुद्ध नउत्रिनुस भनेका छौं । ’