एमालेको बैठक जारी, औपचारिक घोषणा हुने दाबी - Himal Post Himal Post
  • ७ माघ २०८१, सोमबार
  •      Mon Jan 20 2025
Logo

एमालेको बैठक जारी, औपचारिक घोषणा हुने दाबी



काठमाडौँ- विवाद समाधानमा जुटेको एमालेको कार्यदल बैठक सिंहदरबारमा जारी छ । शनिबारको बैठकपछि सदस्यहरुले आइतबार विहान सुखद खबर सुनाउने प्रतिक्रिया दिएका कारण बैठकलाई चासोपूवर्क हेरिएको छ । बैठकपछि एमाले विवाद समाधानको औपचारिक घोषणा हुने नेताहरुले दाबी गरेका छ ।

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बिहान आठ बजे बस्ने भनिए पनि कार्यदलमा रहेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु आन्तरिक छलफलमा जुटेपछि बैठक करिब डेढ घण्टा ढिला सुरु भएको हो । कार्यदल बैठकमा सहभागी हुनुपूर्व नेपालपक्षीय नेताहरुले कोटेश्वर पुगेर वरिष्ठ नेता नेपालसँग छलफल गरेका थिए ।

नेपालसँग नेताहरु भीम रावल,सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण बिष्ट र भीम आचार्यले छलफल गरेका थिए । यसो त शनिबार राति पनि नेता नेपाल समूहको स्थायी कमिटी बैठकमा कार्यदल तहमा जुटेको सहमतिबारे छलफल भएको थियो ।

सर्वोच्च अदालतले नेकपा भंग गरिदिएपछि ब्युँतिएको एमालेमा आन्तरिक विवाद उत्कर्समा पुगेपछि ओली र नेपालबीच १० सदस्यीय कार्यदल बनाएर समस्या समाधानको कोसिस गर्ने सहमति भएको थियो । सोहीअनुसार गत जेठ २ मा बनेको कार्यदलमा विभिन्न चरणमा भएका औपचारिक अनौपचारिक छलफलमा सदस्यहरुले सहमति जुटाएका हुन् ।

तर, कार्यदलले ओली र नेपालको कार्यविभाजनको विषयमा भने कुनै टुंगो लगाएको छैन् । कार्यदल सदस्यहरुले यो विषय शीर्ष दुई नेता बसेर मात्र टुंगाउन सम्भव हुने बताउँदै आएका छन् ।