एमाले स्थायी कमिटी बैठक बस्दै: १२ जना मध्य केहीलाई मात्र कारबाही हुने - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

एमाले स्थायी कमिटी बैठक बस्दै: १२ जना मध्य केहीलाई मात्र कारबाही हुने



काठमाडौं– विभाजन रोक्न दुई पटक स्थगित गरिएको एमाले स्थायी कमिटिको बुथक आज बस्दै छ । बैठक मंगलबार (आज) बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बताइएको छ ।

आइतबार र सोमबार स्थगित गरिएको बैठक आज बस्न लागेको हो । बैठकमा यसअघि स्पष्टिकरण सोधिएका १२ जनामाथि थप कारबाही, पछिल्लो राजनीतिक अवस्था र अध्यादेशमार्फत् ल्याइएको बजेटको समीक्षा गरिने एजेण्डा छन् ।

विशेषगरी १२ जना सांसदलाई कारबाही गर्न नै बैठक बोलाइएको एक नेताले बताए । स्थायी कमिटी बैठकले स्पष्टिकरण सोधिएका सबै १२ जनालाई कारबाही नहुने तर केहिलाई कारबाही हुने ति नेताको दाबी छ ।

लिखित रुपमा कसैले जवाफ नपठाए पनि कतिपयले मौखिक रुपमा नेतृत्वसँग छलफल गरेको खुलेको छ। यसअघि वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष भीम रावललगायत ११ जनालाई साधारण सदस्य समेत नरहनेगरी कारबाही गरिसकिएको बताइएको छ।

स्पष्टीकरण सोधिएकाहरुमा घनश्याम भूसाल, सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानी प्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दिपकप्रकाश भट्ट र नारायण खतिवडा रहेका छन्।