एमाले बैठकको निर्णय: जित सुनिश्चित हुनेगरी अभियान चलाउने - Himal Post Himal Post
  • ७ फाल्गुन २०८२, बिहीबार
  •      Thu Feb 19 2026
Logo

एमाले बैठकको निर्णय: जित सुनिश्चित हुनेगरी अभियान चलाउने



काठमाडौं– बागमती प्रदेशमा हुन गइरहेको राष्ट्रिय सभाको उपनिर्वाचनमा आफ्नो तर्फको उम्मेदवारको जित सुनिश्चित गर्नेगरी छलफल र अभियान अगाडि बढाउने एमाले स्थायी कमिटीले निर्णय गरेको छ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा जेठ ६ गते हुन गइरहेको निर्वाचनका विषयमा छलफल गरेको प्रवक्ता प्रदीप ज्ञवालीले बताए।

बैठक लगत्तै शितल निवासमा

बैठक सकिएलगत्तै प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका छन्।

बालुवाटारमा बसेको एमालेको स्थायी कमिटी बैठकलगत्तै ओली शीतलनिवास पुगेका हुन्।

अहिले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीबीच छलफल चलिरहेको छ।