एमालेको संसदीय दल र केन्द्रीय समिति बैठक बस्दै: माधव समुहले गरे बहिस्कार - Himal Post Himal Post
  • २२ माघ २०८१, मंगलवार
  •      Tue Feb 4 2025
Logo

एमालेको संसदीय दल र केन्द्रीय समिति बैठक बस्दै: माधव समुहले गरे बहिस्कार



काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी एमालेको संसदीय दल र केन्द्रीय समिति बैठक आज बोलाइएको छ । शनिबार बालुवाटारमा बस्ने बैठक प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएका हुन् ।

संसदीय दलको बैठक बिहान साढे १० बजे बोलाइएको छ भने केन्द्रीय समिति बैठक दिउँसो १ बजेपछि बस्नेछ । माधव नेपाल र झलनाथ खनाल पक्षले भने ओलीले बोलाएको बैठक बहिष्कार गर्ने निर्णय गरेका छन् । शुक्रबार नै काठमाडौँमा बसेको नेपाल-खनाल पक्षको बैठकले ओलीले बोलाएका दुवै बैठक बहिष्कार गर्ने निर्णय गरेको हो ।

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र अस्तित्वमा रहेको फैसला गरेपछि ओलीले सरकार र पार्टीका विषयमा थप छलफल गर्ने बैठक बोलाएका हुन् ।