एमालेको सचिवालय बैठक बस्दै, यस्तो छ तयारी - Himal Post Himal Post
  • २ चैत्र २०८१, आईतवार
  •      Sun Mar 16 2025
Logo

एमालेको सचिवालय बैठक बस्दै, यस्तो छ तयारी



काठमाडौँ- स्थानीय तहको निर्वाचनको तयारीका विषयमा छलफल गर्न नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएका हुन्। आज दिउसो १ बजे भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा बैठक बस्न लागेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जनाएका छन्।

निर्वाचन आयोगले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आगामी ४ जेठमा स्थानीय तहको निर्वाचन गर्न सुझाव दिएको छ। त्यसअनुसार, सरकारले स्थानीय तहको चुनावको मिति घोषणा गर्ने तयारी गरेको छ। स्थानीय तहका जनप्रतिनिधिको पदावधि आगामी ५ जेठमा सकिँदै छ।

सरकारले स्थानीय तहको चुनावको घोषणा गर्ने भएपछि त्यसको तयारीका विषयमा छलफल गर्न एमाले सचिवालय बैठक बस्न लागेको हो।

यससँगै सचिवालय बैठकमा पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माण, विभागहरू गठन, प्रदेश, जिल्ला र जनसंगठनका अधिवेशन लगायतका विषयमा पनि छलफल गर्ने कार्यसूची रहेको प्रचार विभाग उपप्रमुख रिजालले जनाएका छन्।