एकाएक स्थगित भयो एमालेको स्थायी कमिटी बैठक
काठमाडौं- नेकपा एमालेको स्थायी कमिटी बैठक सरेको छ ।
आज दिउँसो तीन बजेका लागि डाँकिएको बैठक भोली बस्ने गरी स्थगित भएको हाे । बैठक भोली विहान ११ बस्ने तय भएको छ ।
आजको बैठकमा महाधिवेशन तयारीको समिक्षा र विधान अनुसार ५ प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनयनबारे छलफल गर्ने कार्यसूची रहेको थियो ।
एमालेको दशौं महाधिवेशनमा कुल प्रतिनिधिको ५ प्रतिशत केन्द्रीय कमिटीले मनोनयन गर्ने व्यवस्था छ ।