एमालेको स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक आज बस्दै, यी हुन् बैठकका एजेन्डा - Himal Post Himal Post
  • ५ माघ २०८१, शनिबार
  •      Sat Jan 18 2025
Logo

एमालेको स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक आज बस्दै, यी हुन् बैठकका एजेन्डा



काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आजका लागि बोलाएको स्थायी र केन्द्रीय कमिटीको बैठकको तयारी भैरहेको छ । आजका दुवै बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्ने तामाङले जानकारी दिए ।

ओलीले आज बिहान ११ बजेका लागि स्थायी कमिटी बैठक आह्वान गरेका हुन् ।स्थायी कमिटी बैठक पछि आजै दिउँसो ३ बजे केन्द्रीय कमिटीको बैठक बोलाइएको छ । स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्नेछ ।

बैठकमा माधव नेपाल समुहको बैठकपछि एमालेको रणनीति, एमालेको विधान महाधिवेशन, पार्टी एकतालगायत विषयमा छलफल हुने बताइएको छ ।

एमाले विधान संशोधन दस्तावेज आज सुरुमा बस्ने स्थायी कमिटीमा पेश हुने र स्थायी कमिटीले अनुमोदन गरेपछि उक्त विधान संशोधन केन्द्रीय समिटीमा पेश गर्ने कार्यसूचि रहेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

एमाले लामो समयदेखि आन्तरिक विवादमा छ । आन्तरिक विवाद उत्कर्षमा पुग्दा पार्टी विभाजनको संघारमा छ । पार्टी विभाजनको संघारमा पुगेर समानान्तर कमिटी खडा गरिए पछि एकताका लागि भन्दै विवाद समाधान कार्यदल गठन गरिएको थियो ।

उक्त कार्यदलले सहमतिका लागि १० बुँदे प्रस्ताव गरे पनि माधव नेपाल उक्त प्रस्तावमा विश्वास गरेर अगाडि बड्न नसकिने बताउँदै आएका छन् । केही महिना यता एमालेका दुई समूहका छुट्टाछुट्टै बैठक बस्दै आएका छन् ।