प्रतिनिधि चयनले एमालेमा ठुलो असन्तुष्टि: निर्वाचित सांसदले नै पार्टी छोड्दै - Himal Post Himal Post
  • २२ माघ २०८१, मंगलवार
  •      Tue Feb 4 2025
Logo

प्रतिनिधि चयनले एमालेमा ठुलो असन्तुष्टि: निर्वाचित सांसदले नै पार्टी छोड्दै



काठमाडौं- नेकपा एमालेमा महाधिवेशन प्रतिनिधि चयनले ठुलो असन्तुष्टि देखिएको छ। विभिन्न स्थानमा ओली समूहले एकलौटी गरेको भन्दै विरोध समेत हुन थालेको छ । शनिबार कैलालीमा प्रतिनिधि चयनमा ठुलो षड्यन्त्र भएको भन्दै पार्टीका केन्द्रीय सदस्यले नै असन्तुष्टि जनाएका थिए ।

कैलालीपछि असन्तुष्टि सार्वजनिक गर्ने क्रम बढेको छ नेकपा एमालेका तनहुँ क्षेत्र–१ को प्रदेशसभा १ बाट प्रत्यक्ष निर्वाचित सांसद रामबहादुर गुरूङले पनि प्रतिनिधि चयनमा तिब्र असन्तुष्टि देखाएका छन्। गुरुङले पार्टीमा नबस्ने सम्मको आशय देखाएका छन् ।

सांसद गुरूङले पार्टीमा बस्ने कि नबस्ने सोच्ने बेला आएको बताएका छन् । उनले नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनका लागि जिल्ला प्रतिनिधिमा चयन नभएपछि असन्तुष्टि व्यक्त गरेका हुन् ।

सो क्षेत्रबाट एमालेका एक मात्र सांसदलाई पार्टीको महाधिवेशन प्रतिनिधि छनोट नगरेको भन्दै गुरूङले असन्तुष्टी पोखेका हुन् ।

‘निर्वाचन भएको भए म एक नम्बरमा महाधिवेशन प्रतिनिधि बन्थेँ,’ गुरूङले भने, ‘सहमतिको कार्यदल बनाउनु नै गल्ती भयो, कार्यदलले जनमत र कार्यकर्ताको भावनाको अपमान गर्‍यो।’