एमाले अध्यक्ष के.पी ओलीसहित १० जना शिर्ष नेतालाई मुद्धा हाल्ने निर्णय (नामसहित) - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

एमाले अध्यक्ष के.पी ओलीसहित १० जना शिर्ष नेतालाई मुद्धा हाल्ने निर्णय (नामसहित)



सप्तरी, २५ फागुन

सप्तरीका कानुन व्यवसायीहरुले एमाले शीर्ष नेताहरुलाई मुद्धा हाल्ने निर्णय गरेका छन् । सोमबार राजविराजको घटनालाई लिएर एमाले शीर्ष नेताहरुविरुद्ध मुद्दा हाल्ने निर्णय गरेका हुन् ।

उच्च अदालत जनकपुरको इजलास राजविराज बार र सप्तरी जिल्ला वार इकाईको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । उनीहरुबिरुद्ध अंगभंग र कर्तव्य ज्यान मुद्दा हाल्ने बैठकको निर्णय छ ।

उनीहरुले एमाले अध्यक्ष केपी शर्मा ओली, पूवैप्रधानमन्त्रीद्धय माधव नेपाल, झलनाथ खनाल, महासचिव ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, नेताहरु सत्यनारायण मण्डल, सुमनराज प्याकुरेल, दिवाकर देबकोटा तत्त्कालिन प्रमुख जिल्ला अधिकारी उद्धव तिमिल्सिना, प्रहरी प्रमुख एसपी दिवेश लोहनीविरुद्ध मुद्दा दायर गर्ने निर्णय गरेको राजविराज बारका अध्यक्ष विजय यादवले बताए ।

राजविराजको घटनामा पेटमा गोली लागेर सप्तरी बार एशोसिएसनका कोषाध्यक्ष दिगम्बर यादव पनि घाइते भएका थिए । एमालेको मेची-महाकाली अभियान अन्तर्गत सप्तरीमा प्रहरीले चलाएको गोली लागेर मधेसी माेर्चाकाे चार जनाको मृत्यु भएको थियो ।

साभार खबर डबली