भारतमा पाचाैँ चरणको लोकसभा निर्वाचनका लागि मतदान सुरु - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

भारतमा पाचाैँ चरणको लोकसभा निर्वाचनका लागि मतदान सुरु



काठमाडौं । भारतमा लोकसभा निर्वाचनका लागि मतदान सुरु भएको छ । निर्वाचनबाट ७ राज्यका करिब ८ करोड ७५ लाख मतदाताले ५१ सांसद निर्वाचित हुनेछन् । । चुनावमा ५१ सिटका लागि ६४७ जना उम्मेदवार रहेका छन् ।

पाचाैँ चरणको निर्वाचनमा यूपीए अध्यक्ष सोनिया गान्धी, कांग्रेस अध्यक्ष राहुल गान्धी, केन्द्रीय गृहमन्त्री राजनाथ सिंह, स्मृति इरानीसहित ६४७ नेताहरुको भाग्यकाे फैसला हुँदैछ ।

सोमबार उत्तर प्रदेशका १४ सिट, राजस्थानका १२ सिट, पश्चिम बंगाल र मध्यप्रदेशका ७ ७ सिटमा चुनाव भइरहेको छ भने बिहारका ५, झारखण्डका ४, र जम्मुकाश्मिरको २ सिटमा मतदान भइरहेको छ ।

भारतमा ९४ हजार मतदान केन्द्र बनाइएको र पाँचौ चरणको मतदानसँगै ४२४ सिटमा चुनाव सम्पन्न हुने जनाइएको छ । बाँकी रहेका ११८ सिटमा १२ मे र १९ मेमा चुनाव हुनेछ ।