छोटो समयमै एलन मस्क बने संसारकै सबैभन्दा धनी - Himal Post Himal Post
  • २५ माघ २०८१, शुक्रबार
  •      Fri Feb 7 2025
Logo

छोटो समयमै एलन मस्क बने संसारकै सबैभन्दा धनी



काठमाडौं- दुनियालाई आश्चर्य चकित पार्दै निकै छोटो समयमा एलन मस्क संसारकै सबैभन्दा धनी व्यक्ति बनेका छन् ।

यसअघि अमेजनका मालिक जेफ बेजोस संसारकै धनी व्यक्ति थिए उनलाई पछि पार्दै एलन मस्क संसारकै धनाढ्य व्यक्ति हुन सफल भएका हुन् ।

उनले आफूले छोटो समयमा पाएको सफलतापछि ट्वीट गर्दै आफै अचम्मित भएको बताएका छन् ।

टेस्ला कम्पनीका सीईओ मस्कको सम्पत्ति १९० बिलियन डलर अर्थात् २२२ खर्ब २८ अर्ब २१ करोड रुपैयाँ भन्दा बढी पुगेको छ ।

अमेजनका मालिक जेफ बिजोसको सम्पत्ति १८७ बिलियन डलर छ । पछिल्लो समय टेस्लाको शेयर मूल्यमा आएको चमत्कारिक वृद्धिले मस्कलाई यो सफलता मिलेको हो ।