एमालेमा गएकाहरूलाई एकमुष्ट कारबाही गर्ने तयारी - Himal Post Himal Post
  • ६ फाल्गुन २०८२, बुधबार
  •      Wed Feb 18 2026
Logo

एमालेमा गएकाहरूलाई एकमुष्ट कारबाही गर्ने तयारी



काठमाडौं- नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको हो।

माओवादीको शनिबार सम्पन्न स्थायी कमिटी बैठकको निर्णय अनुसार केन्द्रीय समिति बैठक बस्न लागेको हो।

बैठकमा एमालेमा पसेका रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझीलगायतका नेताहरुलाई कारबाही, सत्ता समीकरण, सरकारलाई दिएको समर्थन फिर्तालगायत विषयमा छलफल हुने नेताहरुले जनाएका छन्।

शनिबार बसेको स्थायी कमिटी बैठकले सरकारमा रहेका ७ मन्त्रीलाई फिर्ता बोलाउने र एमालेमा गएका २३ नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।

बादलसहित २३ नेतालाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यमा मनोनित गरेका थिए। उनीहरु एमालेको बैठकमा सहभागीसमेत भइसकेका छन्।