एकीकृत राप्रपा (राष्ट्रवादी) गठन - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

एकीकृत राप्रपा (राष्ट्रवादी) गठन



काठमाडौँ, चैत १६ गते । 

राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गर्नुभएका डा. प्रकाशचन्द्र लोहनीले नयाँ राजनीतिक दलको गठन गर्नुभएको छ ।  उहाँले आफ्नो अध्यक्षतामा एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) नामको नयाँ राजनीतिक दलको गठन गरेको जानकारी दिनुभयो ।  राप्रपा महाधिवेशनको एक महिना नबित्दै फागुन २९ गते राजधानीमा पत्रकार सम्मेलन गरी डा. लोहनीले राप्रपा परित्याग गरेको घोषणा गर्नुभएको थियो ।

पार्टीका वरिष्ठ नेता केशरबहादुर विष्ट रहने गरी सो दलको केन्दीय कमिटी ७१ सदस्यीय गठन गरिएको जानकारी दिँदै उहाँले चुनाव चिन्ह ‘हलो’ माग दाबीसहित बुधवार निर्वाचन आयोगमा दल दर्ता गरिने जानकारीसमेत दिनुभयो ।  नवगठित सो पार्टीको अध्यक्षमा डा. लोहनी, वरिष्ठ नेता केशरबहादुर विष्ट तथा बाँकी सबै केन्द्रीय सदस्य रहने जानकारी उहाँले दिनुभयो ।

‘समोवशी राष्ट्रियता, बहुलवादी प्रजातन्त्र र प्रगतिशील उदारवाद’ को नारा दिएको यो पार्टीले सनातन हिन्दु राष्ट्र र एकताको प्रतीकका रूपमा संसदबाट अनुमोदित संवैधानिक राजतन्त्रको एजेण्डालाई अगाडि सारेको बताइको छ ।

गोरखापत्र