एकतापछि एमाले–माओवादीमा पद बाँडफाँड यसरी हुँदैछ - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

एकतापछि एमाले–माओवादीमा पद बाँडफाँड यसरी हुँदैछ



काठमाण्डु, – निर्वाचन लगत्तै पार्टी एकता गर्ने सहमतिसहित चुनावी तालमेल गरेका एमाले र माओवादीले नेतृत्व र अन्य पदीय बाँडफाँटको विषय कसरी टुंग्याउने भन्ने विषयमा छलफल अघि बढाएका छन् । दुई दलका अध्यक्षबीच यो विषयमा छलफल अघि बढे पनि पार्टी एकता संयोजन समिति तहमा औपचारिक रुपमा भने छलफल भएको छैन ।

शीर्ष तहमा पदीय जिम्मेवारी तथा संगठनात्मक स्वरुपबारे तीनवटा विकल्पसहित छलफल चलिरहेको छ । पहिलो विकल्पमा आलोपालो नेतृत्व गर्ने, दोस्रो विकल्पमा महाधिवेशनसम्म दुई अध्यक्ष सम्मिलित अध्यक्षमण्डल गठन गरेर जाने र तेस्रो विकल्पमा एक जना अध्यक्ष, तीन जना उपाध्यक्ष, दुई जना महासचिव र सातजना सचिव तय गरेर जाने गरी छलफल भइरहेको समाचारमा उल्लेख छ ।

माधव कुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठलाई वरिष्ठ नेता मान्ने, तीन उपाध्यक्षमा दुई एमाले र एक माओवादी केन्द्रबाट, दुई महासचिवमा दुवै पार्टीका एकएक जना राख्ने, सात सचिवमा एमालेका तर्फबाट चार वा पाँच र माओवादीबाट दुई वा तीन जना राखेर प्रदेश हेर्ने गरी छलफल चलिरहेको छ ।

राजधानी दैनिकबाट