विवादका विषयमा सहमति हुन सकेन , एकता नहुने सम्भावना - Himal Post Himal Post
  • २६ फाल्गुन २०८१, सोमबार
  •      Mon Mar 10 2025
Logo

विवादका विषयमा सहमति हुन सकेन , एकता नहुने सम्भावना



काठमाडौं : पार्टी एकताको मिति टुंगो लगाउन एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच एक्लाएक्लै वार्ता सुरु भएको छ।

एकताको मिति तय गर्ने भनेर बसेको शुक्रबारको बैठक निष्कर्षमा नपुगेपछि शनिवार बिहान पनि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई अध्यक्ष छलफलमा जुटेको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।

शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा पार्टी एकताका बारेमा सामान्य छलफल भएको थियो। स्रोतका अनुसार दुई अध्यक्षबीच वैशाख ९ गतेको कार्यक्रममा उठेको विवादबारे र त्यसपछि एमाले अध्यक्ष ओलीले दिएको वक्तव्यका बारेमा कुरा भएको थियो। मजदुर दिवसका दिन १८ गते पार्टी एकताको तयारी भए पनि उक्त दिन पनि पार्टी एकता हुन सक्ने सम्भावना नरहेको स्रोतको भनाइ छ।

विवादका विषयमा सहमति हुन नसकेकाले उक्त मितिमा पनि एकता नहुने सम्भावना बढेको हो।