एकताकै दिन बाबुरामको गम्भीर प्रश्न प्रचण्डलाई !
काठमाडौँ: नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकताको घोषणा हुदै गर्दा पुर्व प्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले प्रचण्डलाई सामाजिक सञ्जाल ट्वीटरमार्फत् प्रश्न गरेका छन् ।
कुनै बेलाका सहयोद्धा बाबुरामले प्रचण्डलाई जनयुद्धबाट पछुताएको आरोप पनि लगाएका छन् । उनले २५ औँ स्मृति दिवसमा मदन भण्डारी र जीवराज आश्रितलाई सम्झिँदै प्रचण्डमाथि प्रश्न गरेका हुन् ।
‘नेपाली राजनीतिका अगुवा व्यक्तित्व मदन भण्डारी र अथक अभियन्ता जीवराज आश्रितको २५औँ स्मृति दिवसमा हार्दिक श्रद्धासुमन !’, बाबुरामले भनेका छन्, ‘आजैका दिन एमाले-माओवादी केन्द्र विलयको घोषणाको कुनै संकेतिक अर्थ? प्रचण्डले जबजविरूद्धमा जनयुद्ध गरेकोमा पश्चाताप गर्दै ‘मदनपथ’ अंगीकार गरेको स्वीकारोक्ति हो? प्रष्ट पारियोस्!’
नेपाली राजनीतिका अगुवा व्यक्तित्व मदन भण्डारी र अथक अभियन्ता जीवराज आश्रितको२५ औं स्मृतिदिवसमा हार्दिक श्रद्धासुमन!आजैका दिन एमाले-माके विलयको घोषणाको कुनै संकेतिक अर्थ?प्रचण्डले जबजको विरूद्धमा जनयुद्ध गरेकोमा पश्चाताप गर्दै 'मदनपथ' अंगीकार गरेको स्वीकारोक्ति हो?प्रष्ट पारियोस्!
— Baburam Bhattarai (@brb1954) May 17, 2018