नेकपाको एकता: विवादको भकारी - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

नेकपाको एकता: विवादको भकारी



काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद चुलिदै गएको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकताको भावना विपरीत पार्टी एकलौटी ढंगले अगाडि बढ्न खोजेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल लिखित रुपमा नै फरक मत राखेपछि विवादले उग्र रुप लिएको समाचार आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा छापिएको छ ।

विवाद चुलिदै गएपछि सांगठानिक एकताको प्रक्रियाले गति लिन सकेको छैन् । असोज ५ गते सचिवालयको बैठकले प्रदेशको इन्चार्ज, सह इन्चार्ज, अध्यक्ष र सचिवको टुंगो लगाएपछि नेकपाभित्र विवाद सुरु भएको छ ।

तीन महिनाभित्र पार्टीको सांगठनिक एकता प्रक्रिया टुंगो लगाउने घोषणा गरेपनि चार महिना बितिसक्दा समेत एकताको सुरुवात हुन सकेको छैन् । पार्टी एकताको क्रममा पूर्व एमाले र पूर्व माओवादी केन्द्र कसले नेतृत्व लिने रस्साकस्सी चलेको छ भने दुई पार्टीभित्र रहेको गुटको कारण पनि एकता प्रक्रिया जटिल बन्दै गएको नेकपाका एक नेताले बताए ।