एकता संयोजन समितिको बैठक बस्दै
काठमाडौं – नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वाम एकता केन्द्रीय संयोजन समितिको बैठक आज बस्दैछ।
पार्टी एकताको संगठनात्मक संरचना र पार्टीको वैचारिक अवधारणाका लागि गठन गरिएको मस्यौदा कार्यदलले आफ्नो प्रतिवेदन तयार पारिसकेकोले एकता संयोजन समितीको बैठक बस्न लागेको प्रधानमन्त्री केपी शर्मा ओलीका सञ्चारविज्ञ रामशरण बजगाईले बताए ।
माओवादी केन्द्रले बराबरी हैसियतमा मात्रै एकता हुन सक्ने बताउँदै आएको छ। तर यस विषयमा एमालेका नेताहरुले औपचारिक धारणा सार्वजनिक गरेका छैनन् ।