एकताबद्ध भइ नेतृत्व गर्नोस् कि दुवै अभिभावक बन्नुस्,वैकल्पिक पंक्ति पार्टीमा तम्तयार छ:शर्मा
काठमाडौं। नेपाली कांग्रेस प्रवक्ता एवं युवा नेता विश्वप्रकाश शर्माले पार्टीमा वैकल्पिक पंक्ति नेतृत्वका लागि तम्तयार रहेको शीर्ष नेतालाई जानकारी गराएका ।
मंगलबार सामाजिक सञ्जालमा ट्वीट गर्दै भनेका छन, ‘एकताबद्ध भइ नेतृत्व गर्नोस् कि दुवै अभिभावक बन्नुस्,वैकल्पिक पंक्ति पार्टीमा तम्तयार छ ’
आफ्नै पार्टीको नेतृत्वमा सम्पन्न तीन तहको निर्वाचनमा नराम्रो हार व्यहोरेपछि कांग्रेसभित्र विशेषगरी पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच अरोपका शृखंला चलिरहेका छन् ।
पछिल्लो समय संसदीय दलको नेता बन्नेमा शीषृ दुई नेतामा अझै बढी मनमुटाव बढेको छ । यसै सन्दर्भमा प्रवक्ता शर्माले देउवा र पौडेललाई चिठीपत्रको शैली छोड्न पनि आग्रह गरेका छन् ।
शर्माले चिया बैठकबाट मिठो सल्लाह र समयोचित मार्ग खोज्न पनि कांग्रेस नेतृत्वलाई आग्रह गरेका छन् । वरिष्ठ नेता पौडेलले सभापति देउवाले आफू र आफ्नो गुटको संरक्षक बन्ने काम बाहेक केही नगरेको र सबै निकाय र भातृ संगठनलाई तहसनहस बनाएको आरोप लगाउने गरेका छन् ।