राजपा र समाजवादी एकता: सुरुवातमै देखियो असन्तुष्टि - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

राजपा र समाजवादी एकता: सुरुवातमै देखियो असन्तुष्टि



काठमाडौं- राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी एकीकरण भई ‘जनता समाजवादी पार्टी’ गठन भएको छ।

पार्टीको झण्डा अहिले समाजवादीले प्रयोग गर्दै आएको रहने र चुनाव चिह्न राजपाले प्रयोग गर्दै आएको छाता रहने सहमति भएको छ।

राजपाका नेता शरदसिंह भण्डारीको निवासमा भएको वार्तामा एकताका लागि सहमति भएको हो।

यसैबीच, एकतासँगै असन्तुष्टी पनि देखिएको छ। पार्टी एकीकरण सम्बन्धी निर्णायक वार्तामा राजपा अध्यक्ष मण्डलका सदस्यहरु अनिल झा र राजकिशोर यादव अनुपस्थित थिए।

उता समाजवादी पार्टीबाट उपाध्यक्ष रेणु यादव र काठमाडौं आइपुगेका अर्का उपाध्यक्ष एवं प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउत अनुपस्थित थिए। उनीहरु एकीकरणबाट असन्तुष्ट रहेको बुझिएको छ।

दल विभाजन खुकुलो हुने गरी सरकारले अध्यादेश आएपछि दुवै पार्टीको विभाजन रोक्न राजपा र समाजवादीबीच हतार हतारमा एकताको गरिएको हो।