काठमाडौंमा एकैदिन ९९९ जना संक्रमित थपिए
काठमाडौं- पछिल्लो २४ घन्टामा देशभर १७ हजारको परीक्षण गर्दा ३४ सय बढी कोरोनाका नयाँ संक्रमित भेटिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार १२ हजार २ सय ४० जनको पिसिआर परीक्षण गर्दा २ हजार ३ सय ९१ जना र ५ हजार ३२ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार ३० जना गरी ३ हजार ४ सय २१ जना नयाँ संक्रमित भेटिएका हुन्।
जसमध्ये काठमाडौंमा ६७७, भक्तपुरमा १२५ र ललितपुरमा १९७ जना गरी काठमाडौँ उपत्यकामा ९९९ जना थपिएका छन् ।
यस्तै आज २५ जना संक्रमितको मृत्यु भएको छ। यो अवधिमा १ हजार ६ सय ८६ जना संक्रमित संक्रमणमुक्त भएका छन्। हाल नेपालमा संक्रमण मुक्त हुने दर ९४ दशमलव ५ प्रतिशत छ।
देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ९ सय ८ रहेको छ । देशभरका कोभिड अस्पतालका आइसीयुमा ६६९ र भेन्टीलेटरमा १६६ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।