एकैदिन २ लाख संक्रमित: झनपछि झन् बढ्दै - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

एकैदिन २ लाख संक्रमित: झनपछि झन् बढ्दै



काठमाडौं- पछिल्लो २४ घण्टामा विश्वभर झण्डै दुई लाख मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ।

वर्ल्डओमिटरका अनुसार गएको २४ घण्टामा विश्वभर एक लाख ९५ हजार आठ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यस अबधिमा संक्रमणको कारण विश्वभर चार हजार आठ सय ३५ जनाले ज्यान गुमाएका छन्।

एकै दिन अमेरिकामा ५० हजारभन्दा धेरै, ब्राजिलमा झण्डै ४५ हजार, भारतमा १९ हजार चार सय २८, रुसमा साढे ६ हजारभन्दा धेरैमा कोरोना संक्रमण देखिएको छ।

संक्रमणको कारण हालसम्म विश्वभर पाँच लाख १८ हजारभन्दा धेरैको मृत्यु भएको छ भने करिब एक करोड आठ लाखमा संक्रमण पुष्टि भएको छ।

गएको २४ घण्टामा सबैभन्दा धेरै ब्राजिलमा एक हजार ५७ जनाले कोरोना संक्रमणको कारण ज्यान गुमाएका छन् भने अमेरिकामा ६ सय ६७, भारतमा चार सय ३८, मेक्सिकोमा ६ सय ४८ जनाले ज्यान गुमाएका छन्।