प्रधानमन्त्री ओली फेरि शितलनिवासमा: गम्भीर निर्णय गर्ने संकेत
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली एकै दिन ३ घन्टाको अन्तरालमा दुई पटक राष्ट्रपति निवास शितलनिवास पुगेका छन् ।
कुनै गम्भीर निर्णय लिनुपूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने गरेका प्रधानमन्त्री ओलीले आइतबार पनि एकैदिन दुई पटक भेट गरेका छन् । एकैदिन केहि घन्टाको अन्तरमा राष्ट्रपति कार्यालय जानुलाई अर्थपूर्ण रूपले हेरिएको छ।
मन्त्रिपरिषद्को बैठक चल्दाचल्दै प्रधानमन्त्री ओली शितल निवास हानिएका छन् । दिउँसो पनि पार्टीको बैठकमा लुम्बिनी प्रदेशको राजनीतिका बारेमा ब्रिफिङ गरेर शितल निवास हानिएका थिए ।
प्रधानमन्त्री ओली अहिले मन्त्रीपरिषदको बैठक चलिरहदा पनि राष्ट्रपति भण्डारीलाई भेट्न शितल निवास गएका स्रोतले बताएको छ ।
प्रधानमन्त्री ओलीले आगामी २७ गते सदनबाट विश्वासको मत लिने तयारीमा रहेको स्रोतले जनाएको छ ।