एकै दिन १ लाख ७५ हजार संक्रमित थपिए: कहाँ कति थपिए, कतिको भयो मृत्यु ? - Himal Post Himal Post
  • २६ फाल्गुन २०८१, सोमबार
  •      Mon Mar 10 2025
Logo

एकै दिन १ लाख ७५ हजार संक्रमित थपिए: कहाँ कति थपिए, कतिको भयो मृत्यु ?



काठमाडौं- विश्वभर कोरोना संक्रमितको संख्या झन् झन् बढ्दै गएको छ। गएको २४ घण्टामा मात्रै विश्वभर एक लाख ७५ हजार ६ सय ३२ मा कोरोना संक्रमण देखिएको छ।

योसँगै विश्वभर कोरोना संक्रमितको संख्या ९६ लाख ९५ हजार तीन सय ७० पुगेको वल्र्डओमिटरमा उल्लेख छ। यो शुक्रबार बिहान ६ बजेसम्मको तथ्यांक हो।

गएको २४ घण्टामा विश्वभर पाँच हजार ९७ जनाको कोरोनाबाट ज्यान गएको छ। योसँगै विश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या चार लाख ८९ हजार ५६ पुगेको छ।

गएको २४ घण्टामा सबैभन्दा धेरै ब्राजिलमा एक हजार एक सय ८० जनाले ज्यान गुमाएका छन्।

त्यसैगरी गएको २४ घण्टामा मेक्सिकोमा नौ सय ४७, अमेरिकामा पाँच सय ९५, भारतमा चार सय एक, बेलायतमा एक सय ४९, पेरुमा एक सय ७५, चिलीमा एक सय ७२, इरानमा एक सय ३४, पाकिस्तानमा एक सय ४८, कोलम्बियामा एक सय ६३, इराकमा एक सय सात जनाले ज्यान गुमाएका छन्।

अहिलेसम्म बसैभन्दा धेरै अमेरिकामा एक लाख २६ हजार सात सय २६ जनाले ज्यान गुमाएका छन्।

त्यसैगरी ब्राजिलमा ५५ हजार भन्दा धेरै, बेलायतमा ४३ हजार भन्दा धेरै, इटालीमा साढे ३४ हजार भन्दा धेरै, फ्रान्समा साढे २९ हजार भन्दा धेरै, स्पेनमा २८ हजार भन्दा धेरै, मेक्सिकोमा २४ हजार भन्दा धेरै, भारतमा १५ हजार भन्दा धेरै, इरानमा १० हजार भन्दा धेरैको मृत्यु भएको छ।