एकैदिन विश्वभर पाँच लाख बढी संक्रमित थपिए: जाडोमा झनै फैलियो कोरोना - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

एकैदिन विश्वभर पाँच लाख बढी संक्रमित थपिए: जाडोमा झनै फैलियो कोरोना



काठमाडौं- पछिल्लो २४ घण्टामा विश्वभर पाँच लाख भन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

वल्र्डओमिटरका अनुसार पछिल्लो २४ घण्टामा विश्वभर पाँच लाख दुई हजार ६ सय १७ जनामा संक्रमण पुष्टि भएको हो।

हिजो सबै भन्दा धेरै अमेरिकामा ८० हजार भन्दा धरैमा संक्रमण देखिएको छ। अमेरिकापछि धेरै संक्रमित भारतमा फेला परेका छन्। त्यहाँ हिजो एकै दिन झण्डै ५० हजारमा संक्रमण पुष्टि भएको छ।

त्यसैगरी फ्रान्समा ३६ हजार, ब्राजिलमा २८ हजार भन्दा धेरै, बेलायतमा २४ हजार सात सय, इटालीमा २४ हजार, स्पेनमा झण्डै २० हजार, रुसमा १६ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ।

पुनः संक्रमण फैलिन थालेपछि युरोपियन देशसहित विश्वका विभिन्न देशहरुले प्रतिवन्धात्मक आदेशहरु घोषणा गर्न थालेका छन्।

संक्रमणको कारण पछिल्लो २४ घण्टामा विश्वभर सात हजारभन्दा धेरैले ज्यान गुमाएका छन्। कोरोनाबाट ज्यान गुमाउनेको संख्या विश्वभर अहिलेसम्म ११ लाख ७८ हजार ५७ पुगेको छ।

विज्ञहरुले जाडो मौसममा कोरोनाको संक्रमण झन् फैलिने बताउँदै आएका छन्। नेपालमा जाडो मौसम सुरु भएकाले अब संक्रमण झन् फैलनसक्ने भन्दै उनीहरुले सचेत गराएका छन्।

जाडोका बेला घरका झ्यालढोका बन्द गरिँदा हावा ओहोरदोहोर हुन पाउँदैन। एकै ठाउँमा धेरै जना बस्दा संक्रमण फैलिने सम्भावना बढी रहन्छ। त्यस्तै कोरोना भाइरस चिसो सतहमा धेरै समयसम्म जीवित रहने चिकित्सकहरू बताउँछन्।