एकैदिन १९ को मृत्यु, २४४० संक्रमित, ११३३ डिस्चार्ज - Himal Post Himal Post
  • २१ असार २०८३, आईतवार
  •      Sun Jul 5 2026
Logo

एकैदिन १९ को मृत्यु, २४४० संक्रमित, ११३३ डिस्चार्ज



काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ४४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सहित नेपालमा कोरोना संक्रमितको कुल संख्या ८९ हजार २६३ पुगेको छ।

पछिल्लो २४ घण्टामा १३ हजार ५८१ जनाको पीसीआर परीक्षण गरिएको छ। हालसम्म १० लाख ८८ हजार २२९ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य तजा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

आज २३ हजार ५०७ जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये ११ हजार १९१ जना संस्थागत आइसोलेसनमा र १२ हजार ३१६ जना होम आइसोलेसनमा छन्।

अहिले ४ हजार ३३ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १९ जनाको मृत्यु भएको छ। यो सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५५४ पुगेको छ।