बेपत्ता ताराको विमानमा एकै घरका सात जना - Himal Post Himal Post
  • २० माघ २०८२, सोमबार
  •      Mon Feb 2 2026
Logo

बेपत्ता ताराको विमानमा एकै घरका सात जना



काठमाडौं- पोखराबाट मुस्ताङका लागि उडेको तारा एयरको नाइन एन एइटी ट्विनअटर विमानमा सवास १३ नेपाली मध्ये सात जना धनुषा जिल्लाका एकै परिवारका रहेको खुलेको छ।

उक्त परिवार धनुषा जिल्लाको मिथिला नगरपालिका ११ लोटहाका बासिन्दा रहेको उक्त वडाका वडाअध्यक्ष वेदबहादुर कार्कीले जानकारी दिए।

“उनीहरु सबै एकै परिवारका हुन्। दुर्घटना परेका मकरबहादुर तामाङ हुन् उनी, पूर्वशिक्षक पनि हुन्। उनी रातोठाकुर राष्ट्रिय प्राथामिक विद्यालयमा शिक्षक थिए,” उनले बताए।

वडाअध्यक्ष कार्कीका अनुसार, दुर्घटनामा मकरकी श्रीमती सुकुमाया तामाङ, दिदी-भिजानु राममाया गोले र इन्द्रबहादुर गोले बहिनी ज्वाइँ र भान्जा तुल्सादेवी गोले, पुरुषोत्तम गोले र राजन गोले विमानमा सवार थिए।

उनीहरू मुक्तिनाथ दर्शन गर्नका लागि शुक्रबार काठमाडौं आएका थिए। काठमाडौंबाट शनिबार(हिजो) पोखरा गएका थिए।