एकै परिवारका ५ जनाको मृत्यु - Himal Post Himal Post
  • ९ आश्विन २०८१, बुधबार
  •      Wed Sep 25 2024
Logo

एकै परिवारका ५ जनाको मृत्यु



सल्यान। सल्यानमा घर भत्किँदा एकै परिवारका ५ जनाको मृत्यु भएको छ । सल्यानको बागचौर नगरपालिका-४ सेतोगुराँसका रामसिंह कामीको घर भत्किँदा ५ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ४० वर्षीय रामसिंह कामी, उनकी श्रीमती ३५ वर्षीया रामकला कामी, उनीहरुका ४ वर्षका छोरा रूपलाल रहेका छन् । त्यसैगरी छोरिहरू ६ वर्षीया प्रमिला र ७ वर्षीया गंगाको पनि मृत्यु भएको सल्यान प्रहरी प्रमुख डीएसपी वीरेन्द्रबहादुर शाहीले जानकारी दिएका छन् । ११ वर्षीया छोरी सुनिता घाइते भएकी छिन।

कामीको परिवार सुतिरहेको बेलामा घरको माथिल्लो तलाको दलिन भाँचिएको र पर्खालसमेत भत्किएपछि उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएलगतै डीएसपी शाहीसहितको प्रहरी टोली घटनास्थलतर्फ लागेको छ ।

घटनाबारे थप विवरण आउन बाँकी नै रहेको भन्दै डीइएसपी शाहीले घटनास्थल सदरमुकामबाट टाढा रहेको र आफूहरु उद्धारका लागि हिँडेको जानकारी दिए । घटनास्थलमा स्थानीय सीमा खोली प्रहरीचौकी, इलाका पैहरी कार्यालय थारमारे प्ररही टोली खटिएको सल्यान प्रहरीले जानकारी दिएको छ । अन्नपूर्णमा खबर छ ।