बालकृष्ण खाँण किन पुगे मेरियट होटलको वार्तामा ? - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

बालकृष्ण खाँण किन पुगे मेरियट होटलको वार्तामा ?



काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता भइरहेकै होटलमा अर्को वार्ता पनि बसेको खुलेको छ । ओली नेपाल करिब दुई घण्टा छलफल गरेकै होटलमा अर्को बैठक भने एक घण्टा मात्र बसेको थियो

नागपोखरीस्थित होटल मेरियटमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण र अर्थमन्त्री विष्णु पौडेलबीच भेटवार्ता भएको बताइएको छ। स्रोतका अनुसार अर्थमन्त्री पौडेल दिउसोदेखि नै मेरियटमा थिए । साँझ ओली-नेपाल आउनुभन्दा अगाडी नै खाँण र पौडेल छलफलमा थिए ।

ओली-नेपाल वार्तामा रहेकै बेला नेता खाँण भने होटलबाट बाहिरिएका हुन्। निजी गाडी प्रयोग गरेर मेरियटमा आएका खाँण र पौडेलबीच के बिषयमा छलफल भयो भन्ने खुलाइएको छैन । अर्थमन्त्री पौडेल केपी ओलीका निकै निकट मानिन्छन । खाँण भने काँग्रेस सभापति शेरबहादुर देउवाका निकै निकट नेता हुन् । दुवै नेताका निकटहरूको वार्तालाई झनै चासोको रूपमा हेरिएको छ ।

एउटै जिल्ला रुपन्देहीका नेता पौडेल र खाँणबीच सोही होटेलमा भएको आजको गोप्य वार्तालाई अर्थपूर्ण मानिएको छ । एकातिर नजर लगाएर अर्कोतिर निशाना लगाउने प्रधानमन्त्री ओलीको बानी र यो घटनाबीच कुनै तालमेल त छैन ?