काठमाडौंमा एउटै घरका १४ जना संक्रमित: स्थानीय त्रसित - Himal Post Himal Post
  • ६ चैत्र २०८१, बिहीबार
  •      Thu Mar 20 2025
Logo

काठमाडौंमा एउटै घरका १४ जना संक्रमित: स्थानीय त्रसित



काठमाडौं । कोरोना भाइरसको महामारी समुदायस्तरमै फैलदै जाँदासमेत काठमाडौं महानगरपालिकाले वास्ता नगरेको पाइएको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर २८ मा रहेको धोवीधाराको एकै घरमा १४ जना संक्रमित भए पनि उनीहरुलाई आइसोलेसनमा राख्ने बारेमा कुनै वास्ता नगरेको हो ।

उनीहरुको ट्रेसिङमा समेत महानगरले कुनै चासो नदेखाएपछि स्थानीयहरु त्रसित भएका छन् ।

स्थानीयका अनुसार उनीहरू निकै त्रसित बनेका छन्, उनीहरूले निकै जोड गरेर महानगरलाई खवर गरेपनि कोहि आएका छैनन् ।

काठमाडौंमा शुक्रबार मात्रै ३५० कोरोनाका नयाँ संक्रमित देखिएका छन् । कोरोना भाइरस समुदायस्तरमै फैलँदासमेत सरकारले कुनै संयन्त्र बनाउन सकेको छैन ।