एकै परिवारका ८ जनामा कोरोना सङक्रमण पुष्टि - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

एकै परिवारका ८ जनामा कोरोना सङक्रमण पुष्टि



दाङ- दाङमा एकै परिवारका आठसहित १४ मा कोरोना सङक्रमण पुष्टि भएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा शान्तिनगर गाउँपालिका वडा नम्बर ४ का एकै परिवारका आठसहित नौ, शान्तिनगर–३ का एक जना र शान्तिनगर–५ का एकमा कारोना सङक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक हरि पुनले जानकारी दिए।

सङक्रमित हुनेमा पाँच वर्षीय बालकदेखि ४२ वर्ष उमेर समूहका रहेका छन् । शान्तिनगरका सङक्रमित सबै यही भदौ २ गते भारतबाट आएर क्वारेन्टिनमा बसेका उनले बताए। सङक्रमित ११ जनालाई बेलझुण्डीको कोरोना विषेश अस्पताल लगिएको छ ।

क्वारेन्टिनमा बसेका ४० को स्वाब परीक्षण गर्दा ११ मा सङ्क्रमण भेटीएको हो । शान्तिनगरमा अहिले १२ सक्रिय सङ्क्रमित छन् ।