कोरोना अपडेट: एकै दिनमा करिव ६ सय जना निको - Himal Post Himal Post
  • ३० माघ २०८२, बिहीबार
  •      Thu Feb 12 2026
Logo

कोरोना अपडेट: एकै दिनमा करिव ६ सय जना निको



एजेन्सी- नोबेल कोरोना भाइरस(कोभिड–१९) को उद्गम स्थल चीनमा शुक्रबार मात्रै ५९० जना बिरामी निको भएर घर फर्किएका छन् ।

चीनका विभिन्न अस्पतालमा उपचार गराइरहेका ५९० जना कोरोना भाइरस संक्रमित उपचारपछि घर फर्किएको राष्ट्रिय स्वास्थ्य आयोगलाई उद्धृत गर्दै समाचार संस्था सिन्हवाले जानकारी दिएको छ।

सिन्हवाका अनुसार शुक्रबारसम्म ७१ हजार ७४० जना संक्रमित निको भएर फर्किएका छन् । ३२५५ जनाले यस भाइरसबाट ज्यान गुमाएको चीनमा अझै पनि ८१,००८ जना संक्रमित उपचाररत छन् ।

पछिल्लो २ दिन कसैले ज्यान नगुमाएको चीनमा शुक्रबार १० जनाभन्दा बढीको मृत्यु भएको छ।