एकाएक वान्ता गर्न थालेपछि प्रचण्डलाई अस्पताल लगियो - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

एकाएक वान्ता गर्न थालेपछि प्रचण्डलाई अस्पताल लगियो



काठमाडौं- केहिदिन देखि अस्वस्थ बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकाएक बान्ता गर्न थालेपछि मेडीसिटी अस्पताल लागिएको छ ।

ब्लडप्रेसर बढेपछि शनिबार प्रचण्डलाई मेडिसिटी अस्पताल भर्ना गरिएको उनको परिवारले जानकारी दिएको छ।

एकाएक स्वास्थ्यमा समस्या देखिएपछि पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेर प्रचण्ड घरमै आराम गरिरहेका थिए । तर एकाएक बान्ता हुन थालेपछि उनलाई अस्पताल लागिएको हो।

प्रचण्डकी छोरी तथा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भनेकी छिन्,‘‘हिजोदेखि स्वास्थ्यमा समस्या आएको खबर पाएँ, म काठमाडौं आउँदैछु।’

रक्तचाप बढेका उनले वान्ता गर्न थालेपछि मेडिसिटी अस्पताल भर्ना गरिएको दाहालले बताएकी छिन्।