एकाबिहानै नेपाल निवासमा पुगे विष्णु पौडेल - Himal Post Himal Post
  • १६ फाल्गुन २०८१, शुक्रबार
  •      Fri Feb 28 2025
Logo

एकाबिहानै नेपाल निवासमा पुगे विष्णु पौडेल



काठमाडौं- नेकपा एमालेको माधव नेपाल समुहले राजिनामा दिने तयारी गरिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले वार्ता गर्न दुत पठाएका छन् । उनीहरूलाई राजीनामाबाट रोक्न विहानै अर्थमन्त्री बिष्णु पौडेल नेपाल निवासमा पुगेका हुन् ।

वैकल्पिक सरकार बनाउन राष्ट्रपतिले दिएको समयसीमा आज साँझ ९ बजे सकिँदै छ नेपाल समुहले ओलीलाई प्रधानमन्त्री बन्नबाट रोक्न सामुहिक राजिनामा दिने तयारी गरेको छ ।

उनीहरूलाई राजिनामा गराउननेपाली कांग्रेस र माओवादी केन्द्र प्रयासरत छ । नेपाल समूहले राजिनामाको पुरै तयारी गरेको सुचना बालुवाटार पुगेपछि ओलीलाई एकाबिहानै वार्ताका लागि पौडेललाई त्यहाँ पठाएको बुझिएको छ ।

नेपाल समुहले राजिनामा दिएको खण्डमा वैकल्पिक सरकार बन्ने पक्का छ । एमाले अध्यक्ष समेत रहेका ओलीले फोन सम्पर्क गर्न खोज्दा नेता नेपालले रेस्पोन्स नदिएको बताइएको छ ।