एकाबिहानै गठबन्धनका नेताहरू किन पुगे देउवा निवासमा ? - Himal Post Himal Post
  • २२ फाल्गुन २०८१, बिहीबार
  •      Thu Mar 6 2025
Logo

एकाबिहानै गठबन्धनका नेताहरू किन पुगे देउवा निवासमा ?



काठमाडौं – आइतबार बिहानै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्ब्नै निवास बूढानीलकण्ठ विपक्षी गठबन्धनको बैठक डाकेका छन्।

देउवाले डाकेपछि गठनबन्धनका नेताहरू बिहनै बुढानिलकण्ठ पुगेका छन । सवा ९ बजेदेखि नै नेताहरु छलफलमा जुटेको बताइएको छ ।

बैठकमा नेपाली कांग्रेसका तर्फबाट सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल र केन्द्रीय सदस्य ज्ञानेन्द्र बहादुर कार्की सहभागी छन्। यस्तै नेकपा माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित नेताहरु कृष्णबहादुर महरा र देव गुरुङ सहभागी छन्।

बैठकमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावल सहभागी छन् । यस्तै जसपा अध्यक्ष उपेन्द्र यादव पनि बैठकमा सहभागी भएका छन्।

संसद विघटन बदर गरेर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्चमा रिट हालेको विपक्षी गठबन्धनका नेताहरु निरन्तर संवादमा छन्।

कामचलाउ भैसकेको सरकारले पूर्ण बजेट ल्याउन नसक्ने र असंवैधानिक हुने बताएको कांग्रेसले बजेटलगत्तै गठबन्धनको बैठक बोलाएको छ ।