अस्पताल भर्ना नभइ कोरोना जित्ने १०४ वर्षीया वृद्धाको कथा - Himal Post Himal Post
  • ११ मंसिर २०८१, मंगलवार
  •      Tue Nov 26 2024
Logo

अस्पताल भर्ना नभइ कोरोना जित्ने १०४ वर्षीया वृद्धाको कथा



एजेन्सी- इङ्ल्याण्डको केन्टकी एक सय चार वर्षीया वृद्धामा कोरोना भाइरस संक्रमण भएकोमा निको भएकी छन्।

ग्रेस ग्रीनवुड पछिल्लो तीन साता ओछ्यानबाट उठन समेत सकिनन् भने श्वासप्रश्वासमा समस्या थियो। तर, यो अवस्थामा पनि उनलाई अस्पताल जानु परेन। उनी घरमै उपचार गराएर निको बनेकी बीबीसी हिन्दीले उल्लेख गरेको छ।

लन्डनमा मेकअप आर्टिस्ट रहेकी उनकी नातिनि क्रिस्टल अपोलोनिया भन्छिन्, ‘उहाँ केही साता बिरामी हुनुभयो। डाक्टरले स्वास्थ्य अवस्थाबारे बताएपछि हामी धेरै डराएका थियौँ। तर, हजुरआमाको हिम्मतका कारण निको हुनुभयो।’

ग्रीनवुडले जीवनको अफ्ठ्यारो समय काटेको उनका परिवारले बताएका छन्। जीवनको धेरैजसो समय उनी बिरामी भइन्। त्यसैले ग्रीनवुडमा रोगसँग लड्ने हिम्मत आएको समाचार एजेन्सीहरूले उल्लेख गरेका छन्।

उनको जन्म म्यानमारमा भएको थियो। नर्स समेत रहेकी उनले भारतमा समेत काम गरिन्। तर, सन् १९४६ मा समुद्र पारीको बाटो तय गरिन्।

ग्रीनवुड हरेक दिन शारिरिक व्यायाम गर्छिन्।