एक साता देखी खानेपानि अवरुद्ध - Himal Post Himal Post
  • ४ माघ २०८२, शनिबार
  •      Sat Jan 17 2026
Logo

एक साता देखी खानेपानि अवरुद्ध



‘समितिका अध्यक्षले चासो नदिएको उपभोक्ताको गुनासो’
जीवन विष्ट /सुुुखड ।
कैलालीको घोडाघोडी नगरपालिका -१ वेलारमा विगत एक साता देखी अवरुद्ध खानेपानि अझै सुचारु हुन सकेको छैन ।

सुखड दरख खानेपानि उपभोक्ता समिती मार्फत वेलार सम्म पुगेको पानि वाटो निमार्णका क्रममा पाइप फुट्दा विगत एक साता देखी अवरुद्ध वनेको थियो ।धारामा पानि आउन छोडेको एक साता भन्दा वढी हुदा पनि सम्वन्धीत निकायले चासो नदिएको स्थानियले आरोप लगाएका छन् ।

विभीन्न वाहानामा वेला वेलामा पानि अवरुद्ध हुदा नल्काको आर्सनिक युक्त पानि खान वाध्य भएको उपभोक्ताहरुले बताएका छन् । समस्या समाधनको लागी सुखड दरख खानेपानि उपाभोक्ता समितिका अध्यक्ष निरज कुमार मल्लले खासै चासो नदिएको उनिहरुले आरोप लगाएका छन् । खानेपानिको चुनावका वेला सवैलाई खानेपानिको पहचुमा पुर्याउने वाचा गरेका मल्लले विग्रेको ठाउमा पनि खानेपानि मर्मत गर्न नसेकेको भन्दै वेलारका उपभोक्ताले चर्काे आलोचना गरेका छन् । मल्ल अध्यक्षमा निर्वाचित भएको तिन साता पुग्न लाग्दा समेत खानेपानिको सुधारका लागी केही गर्न नसकेको उनिहरुले आरोप लगाएका छ्न ।

पानि उपयोग गरेवाफत उपभोक्ताले १० युनिट सम्मको १८० रुपया तिर्ने गरेका छन् ।१० युनिट भन्दा वढी खानेपानिको विल आएमा प्रति युनिट ३०÷३० रुपयाका दरले महसुल उपभोक्ताले तिर्ने गरेका छन् ।एक तर्फ चर्काे मुल्य तिर्नु पर्ने अर्काे तर्फ चाहेको समयमा खानेपानि खान नपाउदा उपभोक्ता आजित वनेका छन् ।

घाडाघोडी नगरपालिका वडा नम्वर १ का वडा अध्यक्षको घर पनि वेलारमै पर्छ । बेलारबासीले  खानेपानि नपाएको एक साता भन्दा वढी भैसक्दा समेत वडा अध्यक्ष मनराज शाहीले पनि खानेपानि सुचारुको लागी प्रभावकारी कदम चाल्न नसकेको उपभोक्ताको आरोप रहेको छ ।