एक रात दिल्ली बसेर स्वदेश फर्किए प्रचण्ड
काठमाडौँ- पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्केका छन् । पत्नी सीता दाहालको उपचार प्रक्रिया अघि बढाएर उनी शनिबार नेपाल फर्केका हुन् ।
मुम्बई र दिल्लीको बसाईमा प्रचण्डले अनौपचारिक राजनीतिक भेटघाट समेत गरेका थिए ।
प्रचण्ड चार दिन मुम्बईमा रहेर शुक्रबार साँझ दिल्ली आइपुगेका थिए । दिल्लीमा एक रात बसेर उनी शनिबार अपरान्ह काठमाडौँ ओर्लेका हुन् ।
उनी नेपाल एअरलाइन्सको नियमित उडान (आरए २०५२) बाट काठमाडौँ आएका हुन् । उनले श्रीमतीको हेरविचारका लागि छोरी गंगालाई त्यहाँ छोडेर शनिबार दिल्लीबाट काठमाडौँ फर्केका हुन ।
उनले सामान्य राजनीतिक भेटघाटहरू गरे पनि बाहिर सार्वजनिक गरिएको छैन । यद्यपि उनले दिल्लीमात्र होइन मुम्बईमा रहँदा पनि राजनीतिक भेटघाट गरेका थिए ।