कैलालीमा १४ वर्षीया बालिका बलात्कारको आरोपमा एक पक्राउ - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

कैलालीमा १४ वर्षीया बालिका बलात्कारको आरोपमा एक पक्राउ



 

विशाल पाण्डेय / कैलाली 
कैलालीको मध्यवर्ती क्षेत्रमा अवस्थित घोडाघोडी नगरपालिकामा १४ वर्षीया बालिका बलात्कारको आरोपमा एक जना पक्राउ परेका छन् ।

घोडाघोडी नगरपालिका – १ कि १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कञ्चनपुरको त्रिभुवनबस्ती नगरपालिका ७ का १८ वर्षीया किरण बि.क.लाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख यक्ष राज जोशीले जानकारी दिनुभयो ।

घरमा कोही नभएको अवस्थामा बालिका बलात्कारमा परेको उनका अभिभावकले जनाएका छन् । बालिकाको धनगढी स्थित सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ भने पक्राउ परेका बि.क.लाई थप अनुसन्धानका लागि जिल्ला चलान गरिएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख यक्ष राज जोशीले हिमाल पोस्टलाई जानकारी दिनु भयो ।