एक दिने घुम्ती शिविरमा गाउपालिका अध्यक्ष सहित ८० जनाले पाए अपाङ्गता परिचय पत्र - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

एक दिने घुम्ती शिविरमा गाउपालिका अध्यक्ष सहित ८० जनाले पाए अपाङ्गता परिचय पत्र



पदम ओझा / बौनिया,कैलाली ।
कैलालीको बर्दगोरीया गाउपालिकामा अपाङ्गता परिचय पत्र वितरण तथा अपाङ्गता सहायक सामाग्री नापजाँच सम्बन्धि एक दिने घुम्ती शिविर सम्पन्न भएको छ ।

सर्वाङ्गीण अपांङ्गता विकास समाज नेपाल धनगढीको आयोजना तथा बर्दगोरीया गाउपालिकाको आर्थिक सहयोग र महिला तथा बालबालिका कार्यालय सि.वि.आरको प्राविधिक सहयोगमा उक्त शिविर सम्पन्न भएको हो ।

उक्त शिविरमा बर्दगोरीया गाउपालिका भित्रका अपांगगहरुको पहिचान गरी आज परिचय पत्र वितरण गरीएको सर्वाङ्गीण अपांङ्गता विकास समाज नेपालका संयोजक नन्दराज भट्टले बताउनु भयो । बर्दगोरीया गाउपालिकाका ६ वटै वडाबाट अध्यक्षले अपांंगको पहिचान गरी सिफारीस गरेर पठाएकाहरुलाई परिचय पत्र वितरण गरीएको भट्टले जानकारी दिनु भयो ।

सर्वाङ्गीण अपांङ्गता विकास समाज नेपालका अध्यक्ष नन्दराज भट्टको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि बर्दगोरीया गाउपालिका अध्यक्ष बलीराम डगौरा थारु रहनु भएको थियो । प्रमुख अतिथिको आसन बाट बोल्दै थारुले यो परिचय पत्र वितरण कार्यक्रमको आयोजना गरेकोमा आयोजकलाई धन्यबाद व्यक्त गर्नुभयो । साथै थारुले अब अपांगहरुले परिचय पत्रका आधारमा आफ्ना हक अधिकारका लागी लड्न सक्ने बताउनु भयो । साथै उहाले अब अपांगता भत्ता वितरण गर्नपनि सहज हुने बताउनु भयो । साथै यो परिचय पत्र लिएकाहरुलाई जथाभावि नच्याति समालेर राख्न आग्रह गर्दै तपाईहरुको सहारा त्यही कागज भएको बताउनु भयो ।

कार्यक्रममा बर्दगोरीया गाउपालिकाका उपाध्यक्ष , वडा अध्यक्ष,सदस्य , महिला तथा बालबालिका कार्यालय सि.वि.आरका संंयोजक सन्ध्या राजेश्वरी सिंह,बहिरा ,अपाङका चेकजाचका प्रमुख मौसम भट्ट लगाएत गाउपालिका भित्रका अपांंगहरुको सहाभागिता रहेको थियो ।

सो शिविरमा गाउपालिका अध्यक्ष सहित ८० जनालाई अपांगता परिचय पत्र वितरण गरीएको भट्टले जानकारी दिनुभयो । अपांगता परिचय पत्र पाउनेमा बर्दगोरीया गाउपालिकाका अध्यक्ष कैलाली जिल्लामा नै पहिलो जनप्रतिनिधि हुनु भएको छ । गाउपालिकाका अध्यक्ष बलीराम डगौरा थारुले सेतो कार्ड पाउनु भएको हो । थारुको एक हातका औलाहरु राम्रो संग चल्थेनन । जस अनुसार रातो कार्ड ४ जना,निलो कार्ड २४ जना,पहेलो कार्ड ४८ जना र सेतो कार्ड ४ जनालाई वितरण गरीएको भट्टले बातउनु भयो ।

सर्वाङ्गीण अपांङ्गता विकास समाज नेपालले भोली विहान ७ जना अपांंगलाई ह्विल चेयर ,१० जनालाई बैशाखी,१५ जनालाई सेतो छडि,५ जनालाई आराम कुर्सी, र २ जनालाई वाकर वितरण गर्ने कार्यकम रहेको संंयोजक भट्टले जानकारी दिनुभयो ।